२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका एसपी भुवनेश्वर तिवारी उत्कृष्ट

२०८० भाद्र २२, शुक्रबार प्रकाशित ( साल अघि) ७२९९ पाठक संख्या

नारायण शर्मा

कावासोती  । गण्डकीका ११ जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी कार्य सम्पादनको मुल्यांकनमा उत्कृष्ट ठहरीएको छ ।

सबल शान्ति सुरक्षा,राजश्व बृद्धि, तस्करी नियन्त्रण,चोरी,अपराध र दुर्घटना न्यूनिकरण र चुस्त प्रहरी सेवा दिएवापवत जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी उत्कृष्ट ठहरीएका हुन । गत साढे ११ महिनाको अबधिमा अबैध सामान बरामद गरेर प्रहरीले १६ करोड भन्दा बढि राजश्व संकलन गरेको छ । जुन अघिल्ला वर्षको तुलनामा तेब्बर बढि हो ।

प्रदेश प्रहरी कार्यालय पोखराको मुल्यांकनका आधारमा तिवारी यो जिल्लामा आएको साढ ११ महिनाको अबधिमा सबै कार्य सम्पादनका आधारमा उत्कष्ट ठहर गरिएको हो । तिवारीले जिल्ला प्रहरी कार्यालय कावासोती परिसरलाई नमूना समेत बनाएका छन ।

प्रहरी कार्यालय झटटहेर्दा रिर्सोट झै देखिन्छ । प्रहरी कार्यालयको भित्तामा यहाका निकुन्जमा पाइने हात्ति,गैडा र बाघका चित्र कोरीएको छ । झटटहेर्दा प्रहरी कार्यालय रिर्सोट झै देखिन्छ शुक्रवार प्रहरी कार्यालय हातामा आएका बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले भने सरसफाई , प्रहरी कार्यालय हातामा बृक्षारोपण, चौतारी, पराम्परागत काठे गाडा , प्रतिक्षालय, र बगैचा समेत बनाइएका कारण रिसोर्टमा आएको झल्को दिन्छ । गरे हुन्छ भन्ने यहा देखियो गिरीले भने प्रहरी हाताभित्र फलपफुलका बिरुवा कलात्मक ढंगले ( चौतारी झै बनाएर ) हुर्काइएको छ । कार्यालय हातामा पुस्तकालय समेत राखिएको छ । कैदी बन्दी र अन्य इच्छुकले पढने सुबिधा पाएका छन गिरीले भन्छन कावासोतीमा प्रहरी कार्यालय स्थापनाको करिब ४० वर्षको इतिहासमा यति सुन्दर र कलात्मक कार्यालय पहिलो पटक देखिएको हो । प्रहरीवाट नागरिकले पाउने सेवा समेत छिटो छरीतो र परिणाममुखि भएको अनुभव भएको गिरीको छ ।

शुक्रवार प्रहरी परिसरमा आयोजित तिवारीको बिदाई समारोहमा डेढ दर्जन भन्दा बढि संघसंस्थाले उनलाई सम्मान गरेका छन । जादाजादै तिवारीले ५ लाख ५८ हजारको लागतमा प्रहरीको ढोकैमा कालिका मन्दिर निर्माण गरेर उद्धघाटन समेत गरेका छन । प्रहरी श्रमदान र दाताहरुको सहयोगमा कालिका मन्दिर भवन निर्माण सम्पन्न गरिएको तिवारीले सुनाए । तिवारी घुस नखाने र जनतालाई प्रहरीले दिने सेवा चाडो दिने भनेर कहलिएका छन पूर्व वडा अध्यक्ष अमृत श्रेष्ठ भन्छन यत्तिको इमान्दार छविको प्रहरी उपरिक्षकलाई जिल्लावासीले सधै सम्झने छौ ।

प्रदेश प्रहरी कार्यालय पोखराले पूर्वी नवलपरासी र लम्जुंग प्रहरी कार्य सम्पादनका हिसावले उत्कृष्ट भएको जानकारी दियो । तिवारीको काठमाण्डौ सरुवा भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३९%४९%६%७%२%५%

प्रतिक्रिया दिनुहोस