२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा एक पुरुष मृत फेला

२०८० भाद्र ६, बुधबार प्रकाशित ( महिना अघि) १३२६ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १३ मगरघाटमा एक पुरुष मृत फेला परेका छन् । मगरघाटको जंगल नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक रुपन्देही देबदह नगरपालिका ८ का ५५ वर्षीय इन्द्रबहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले बताए ।

मृतकका परिवारले मंगलबार रुपन्देही प्रहरीमा मानिस हराएको र खोजतलासका लागि निवेदन दिएका थिए ।

घटना कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%५%

प्रतिक्रिया दिनुहोस