२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

२०८० भाद्र ५, मंगलबार प्रकाशित ( महिना अघि) ३६६५ पाठक संख्या

कावासोती । नवलपुरको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं जाँदै गरेको सुपप्र ०१-००१ ख २९८६ नम्बरको रात्रिबस बिहान सवा ४ बजेको समयमा दाउन्नेको घ्युखोलामा पल्टिदा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घाइते २९ जनामध्ये २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेसहित १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएका कारण बस पल्टिएको हो।

एक बच्चासहित अर्का एक पुरुष गम्भीर घाइते भएका हुन् । दुम्कीबास प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन् । अन्यको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%५%४%४५%३%

प्रतिक्रिया दिनुहोस