कावासोती । आँखा पाक्ने सरुवा रोगका बिरामी बढेपछि कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विद्यालय ४ दिनका लागि बन्द भएका छन् ।
कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर साउन २६ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।
नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले सोमबार एक सुचना जारी गर्दै नगर भित्रका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा श्रावण २६ गते शुक्रबार सम्म सार्बजनिक बिदा दिने उल्लेख छ ।
आँखा पाक्ने रोगको संक्रमण तिब्र गतिमा फैलिरहेकाले बिज्ञहरु सहितको सुझावको आधारमा बिद्यालय बन्द गर्ने निष्कर्षमा नगरपालिका पुगेको सुचनामा उल्लेख छ ।
यसैगरि हुप्सेकोट गाउँपालिकाले पनि श्रावण २६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत तेजचन्द्र खनालले एक सुचना जारि गर्दै आँखा पाक्ने रोगको संक्रमणका कारण विद्यालय बन्द गर्न आव्हान गरेको बताउनुभएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालमा अहिले डेंगुका करिब २० जना बिरामीले उपचार गरिरहेको र आँखाका बिरामी समेत दैनिक ५० जना उपचारमा आउने गरेको बताइएको छ ।

