२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा बुधबारदेखी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

२०८० अषाढ २९, शुक्रबार प्रकाशित (0 महिना अघि) ५३२ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा आउदो बुधबारदेखी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को चौथो त्रैमासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।

बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्ष्यित गरि बैंकले वडा–वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बैंकका शाखा प्रबन्धक अधिकारीले बताउनुभयो ।

सिटिजन्स बैङ्कको शाखा कार्यालय कोल्हुवाले वडागत ठाँउ ठाँउमा श्रावण ३ गतेदेखि १६ गतेसम्म  शिविर सञ्चालन गरेर भत्ता वितरण गरिने भएको छ । श्रावण ३, ४ र ५ गते वडा नम्बर ४ का लाभग्राहीहरुलाई बितरण गरिने छ । श्रावण ३ गते घमपुरा र पनौतीको लागि स्वास्थ्य चौकी भवनमा शिविर संचालन गरिनेछ । श्रावण ४ गते भने लुसलहरीको लागि नारायणी सह–लगानी भवनमा सामाजिक सुरक्षाभत्ता वितरण गरिनेछ । श्रावण ५ गते मदनपुरको लागी पञ्चपाण्डव भवनमा भुक्तानी शिविर सञ्चालन हुने सिटिजन्स बैङ्क कोल्हुवा शाखा जनाएको छ ।

त्यस्तै श्रावण ७, ८, र ९ गते वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने छ । श्रावण ७ गते भने लेढा र ब्रम्हस्थानको लागी लेढाको पुस्तकालयमा शिविर संचालन हुनेछ । बैशाख ८ गते इटौरामा र ९ गते  रतनपुरमा बैंकले शिविर संचालन गर्ने छ ।

यस्तै श्रावण १० ,११ ,१२ र १४ गते वडा नम्बर २ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ । श्रावण १० गते नन्दपुर र सेहरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुनेछ । श्रावण ११ गते भने राधाकृष्ण टोलमा भुक्तानी शिविर सञ्चालन हुने छ । श्रावण १२ गते कोल्हुवा र चनौली टोल शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

त्यस्तै श्रावण १४, १५, र १६ गते वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने सिटिजन्स बैङ्क कोल्हुवा शाखा जनाएको छ। श्रावण १४ गते सेतापानीमा शान्ती आधारभूत विद्यालयको खाली भवनमा भुक्तानी शिविर सञ्चालन हुने छ । श्रावण १५ गते भने अभिवन र गुडचरीको लागी नव–दुर्गा मन्दिरमा भुक्तानी शिविर रहनेछ । श्रावण १६ गते पतवारीका लागि वडा कार्यालयमा भुक्तानी शिविर सञ्चालन हुनेछ ।

साथै बैंकमा आउन नसक्ने अपाङ्ग,अशक्त, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस