२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा देवरले गरे भाउजुको हत्या, श्रीमान विदेशमा

२०८० अषाढ २५, सोमबार प्रकाशित ( महिना अघि) २८८२ पाठक संख्या

नवलपरासी । नवलपरासीको रामग्राममा देवरले भाउजूको हत्या गरेका छन् ।

रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको हत्या गरेको प्रहरीले जनाएको हो ।

हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुई भाइमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका सिलसिलामा विदेशमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%९%४%

प्रतिक्रिया दिनुहोस