२०८३ बैशाख १, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सर्पले महिलालाई डस्दा गम्भीर घाइते

२०८० अषाढ २४, आईतबार प्रकाशित ( साल अघि) २६०५ पाठक संख्या

कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा डर्पले डसेर एक जना महिला घाइते भएकी छन्।

कावासोती- १७ गोछाडाटारमा आज आफ्नै गोठमा काम गर्ने कर्ममा दिउँसो २ बजेर ४० मिनेटमा ५१ वर्षिया पार्वती अधिकारी भण्डारीलाई सर्पले डसेको हो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागी भरतपुर अस्पताल चितवन रिफर गरिएको छ।

गोठमा काम गर्ने क्रममा सर्पले दाँया हातमा टोकेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भिर रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

सर्पको पहिचान हुन नसकेको उहाँले बताउनुभयो । सर्पले टोकेपछि हतोत्साही भएको हो वा विषको प्रभाव भन्ने पहिचान हुन नसकेको प्रहरी भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१०%२%

प्रतिक्रिया दिनुहोस