कावासोती । राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
गत वर्षको एसईईमा नवलपुरबाट जम्मा ६ हजार १ सय ७९ जना परीक्षार्थी सहभागी थिए । २०७९ सालको एसईई परीक्षा गत चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन भएको थियो ।
बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४ सय ७५ अर्थात २.९ प्रतिशत रहेको छ । नवलपुरमा जिल्लाबाट गत वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने २ सय ९४ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ७ सय ८२ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने १ हजार १६३ जना, २.४ देखि २.८ ल्याउने १ हजार ३८४ , २ देखि २.४ जीपीएसम्म १४ सय ३० जना रहेका छन् ।
त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने १ हजार ६४ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या २ सय ६२ जना रहेका छन् । १.२ भन्दा पनि मुनिको श्रेणीमा ११ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख रुद्र शर्माले जानाकारी दिनुभयो ।
गत बर्ष नवलपुरबाट ७७ सामुदायिक र ५० संस्थागत ८ वटा प्राविधिक धारका विद्यालय, ३ वटा संस्कृत विद्यालय र १ वटा खुल्ला विद्यालय गरी १ सय ३९ माध्यमिक बिद्यालयबाट परीक्षार्थीहरु सहभागी थिए । फर्म भरेका ८७ बिद्यार्थी भने परीक्षामै अनुपस्थित रहेको ईकाइ प्रमुख शर्माले जानाकारी दिनुभयो ।
जिल्लाको रिजल्ट हेर्दा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । बोर्डले २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।


