२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

पूर्वी नवलपरासीका क्रसर उद्योग बन्द

२०८० अषाढ १७, आईतबार प्रकाशित (0 महिना अघि) ८०८ पाठक संख्या

नारायण शर्मा
कावासोती । सरकारले क्रसर उद्योगको नवीकरण नगरेपछि यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् ।

असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।

नेपाल रोडा ढुंगा व्यवसायी संघ पूर्वी नवलपरासीका उपाध्यक्ष रिभरकुमार श्रेष्ठले क्रसर उद्योग खोल्न दिने र नवीकरण नगर्ने सरकारको रबैयाले व्यवसायी मारमा परेका बताए ।

“खोल्न दिनु भनेको राजश्व तिरेर नवीकरण पनि गर्नु होु उनले भने “तर सरकारले नवीकरण गर्न नदिएका कारण उद्योग व्यवसाय बन्द गरेर विरोध जनाइएको हो । क्रसर उद्योग बन्द हुँदा यहाँको निर्माण कार्य प्रभावित भएको छ । पूर्वी नवलपरासीमा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र समेत गरेर ३ दर्जन उद्योग छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%१%

प्रतिक्रिया दिनुहोस