२०८२ अषाढ २, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीको बाडखोलमा पौडी खेल्न गएका बालक बेपत्ता

२०८० अषाढ १७, आईतबार प्रकाशित ( साल अघि) १५९१ पाठक संख्या

कावासोती । कावासोतीको बाडखोलमा पौडी खेल्न गएका एक बालक शनिबार साँझदेखि बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार कावासोती नगरपालिका–७ रामनगर टोलका १० वर्षीय अप्सन अधिकारी साथीहरुसहित बाडखोलामा पौडी खेल्दै गर्दा शनिबार साँझ बेपत्ता भएका हुन । उनीसँगै गएका छिमेकिहरुले बेपत्ता भएपछि घरमा खबर गरेका थिए ।

घरदेखि ५ सय मिटरको दुरीमा रहेको बाडखोलमा नाबालक बेपत्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो । यी बालकसहित गत जेठयता पूर्वी नवलपरासीबाट ७ जना बेपत्ता भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१४%२%

प्रतिक्रिया दिनुहोस