२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पहाडी सडक अवरुद्ध

२०८० अषाढ १६, शनिबार प्रकाशित (0 महिना अघि) ५०३ पाठक संख्या

कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व)  नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पनि पहिरोका कारण अवरुद्ध भएको छ।

जिल्लाको दलदले–कुमसोत–पोखरी खण्ड अन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरोको कारण  यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको छ।

नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले अवरुद्ध भएपछि मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस