२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको देउरालीमा मुसलधारे वर्षा, स्याङ्जा र रुपन्देहीमा पनि उस्तै

२०८० अषाढ १६, शनिबार प्रकाशित (0 महिना अघि) ६१० पाठक संख्या

कावासोती । हिजोदेखि लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा लगातार वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पूर्वी नवलपरासी देउरालीमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विभागका अनुसार को विनयत्रिवेणी–५ देउरालीमा २ सय ९ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ । उता, स्याङ्जाको कुमालगाउँमा १ सय ५१ मिलिमिटर र रुपन्देहीको तिलोत्तममा १ सय ३० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

वरपरका पाल्पा, अर्घाखाँचीलगायत जिल्लामा पनि लगातार वर्षा भएको छ । वर्षाका कारण सो क्षेत्रका राजमार्ग र पहाडी सडकमा पहिरो गएको छ । खहरे खोलाहरुमा बाढी आएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस