२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा धानै रोपेर यसरी मनाइयो राष्ट्रिय धान दिवस

२०८० अषाढ १५, शुक्रबार प्रकाशित (0 महिना अघि) ११५५ पाठक संख्या

चोरमारा । असार १५ को राष्ट्रिय धान दिवस नवलपुरको मध्यविन्दु नगरपालिकामा पनि मनाइएको छ । दिवसको अवसरमा मध्यविन्दु नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं: ७ को कुसुमटोलमा रोपाई कार्यक्रम गरिएको हो । “जलवायु अनुकुलित कृषक मैत्री  प्रविधि,धान उत्पादनमा वृद्दिभन्ने मुल नाराका साथ उक्त कार्यक्रम मनाईएको थियोे ।

FB_IMG_1688109276975

रोपाई कार्यक्रममा नगर प्रमुख भिमलाल अधिकारी, उप प्रमुख पुर्णकला चौधरी , कृषि शाखाका अधिकृत अक्षय वाग्ले , वडाअध्यक्ष रामभक्त अधिकारी , मान बहादुर महतो, गणेश प्रसाद पाठक , डिल्ली राम महतो लगायत नगरका कर्मचारी, किसान सबैले खेतमा पुगेर धान रोपेर मनाईएको थियो ।

1688108419949

आत्मनिर्भर कृषि सहकारी संस्थाको व्यवस्थापन रहेको कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नगरले किसानलाई प्रोत्साहन गरेको बताउनुभयो । सिंगो नगर कृषिमा आत्मनिर्भर बनाउन कृषिको यान्त्रिकरण, आधुनिकरणमा नगरले ध्यान दिएको जनाउनुभयो । नगर प्रमुख अधिकारीले नगरपालिका सधै किसानको साथमा छ भन्ने सन्देश दिनका लागि आफुहरुले खेतमा पुगेर धान रोपेको बताउनुभयो ।  धान रोपेपछि किसानसंगै जनप्रतिनिधि र कर्मचारीले दही, चिउरा खाएर दिवस मनाएका थिए ।

1688108408259

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%२%२%३%

प्रतिक्रिया दिनुहोस