२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाढीको जोखिम

२०८० अषाढ १५, शुक्रबार प्रकाशित (0 महिना अघि) ८७३ पाठक संख्या

नवलपरासी । आउँदो तीन दिन नवलपरासी पूर्व र चितवनका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना निकालेर नवलपरासी पूर्व , चितवन आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज देशका अन्य १७ जिल्लाका नदी तथा खोलामा पनि बाढीको सम्भावना छ ।

इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र आसपासका भइ बहने नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।Fz16XOTaEAAYNtW_h3eEp2IXWh

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस