२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

२०८० अषाढ १४, बिहिबार प्रकाशित (0 महिना अघि) १२११ पाठक संख्या

नवलपरासी ।  वैदेशिक रोजगारीको क्रममा एक वर्षको अवधिमा पूर्वी नवलपरासीका २८ जनाको विदेशमा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये एकै वर्षमा जिल्लाका यति धेरैले ज्यान गुमाएको यो पहिलो पटक हो ।

मृत्यु हुनुको प्रमुख कारण भने यकिन भएको छैन । राती खाइपिइ गरेर सुत्ने र बिहान उठदा मृत्यु हुनेको संख्या धेरै छ । त्यस बाहेक दुर्घटना र हर्टअटयाकवाट मृत्यु भएको तथ्यांक छ ।

सुरक्षित आप्रवासन कार्यक्रमका सूचना परामर्शदाता रन्जना लम्सालका अनुसार गएको एक वर्षको अवधिमा विदेशमा मृत्यु हुनेमा कावासोती नगरपालिकाका ६ जना, देवचुली नगरपालिकाका ७ जना, मध्यबिन्दु नगरपालिकाका ६ जना, विनयी त्रिवेणी गाउँपालिकाका ३ जना, हुप्सेकोट गाउँपालिकाका १ जना र गैंडाकोट नगरपालिकाका ६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये २२ जनाको शव स्वदेश ल्याइसकिएको छ । साथै तिनका परिवारले क्षतिपूर्ति समेत पाइसकेको परामर्शदाता लम्सालले बताइन् । उनका अनुसार गत जेठ समान्तसम्म रोजगारीका लागि यस जिल्लाबाट १७ हजारभन्दा धेरैले पासपोर्ट बनाएको तथ्यांक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१३%

प्रतिक्रिया दिनुहोस