२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु

२०८० अषाढ ९, शनिबार प्रकाशित (0 महिना अघि) ११३४ पाठक संख्या

गैंडाकोट । नवलपरासी ( बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।

पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%९%

प्रतिक्रिया दिनुहोस