२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

२०८० अषाढ ८, शुक्रबार प्रकाशित ( महिना अघि) १२२५ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा गएराती तिन जना सवार मोटरसाईकल पल्टिदा एक जनाको मृत्यु भएको छ ।

युपि ५७ जेड ८९८१ नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई बर्दघाट ५ बन्डाखोलामा दुर्घटना हुदा  मोटरसाइकल चालक सुस्ता गाउँपालिका वडा नं २ बस्ने बर्ष १९ का ओमनारायण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परि मोटरसाईकलमा सवार अन्य दुई जना घाईते भएका छन् ।

गएराति ११ बजे तिर भएको दुर्घटनामा गम्भिर घाईते भएका चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेयले बताउनुभयो ।

दुर्घटनामा बर्ष १८ को सुस्ता २ का जयकिसन चौधरी र सोहि ठाउँ बस्ने बर्ष २२ का विशाल मुखिया घाईते भएका छन् । उनिहरुको अवस्था समान्य रहेको छ । शव पोष्टमार्टम पछि आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय रातको समयमा तिन जना सवार मोटरसाईकल दुर्घटना हुदै आएको छ । मादकपर्दाथ लागुपर्दाथ सेवन गर्ने तथा तिन जना सवार गरेर लापरवाही पुर्ण तवरले सवारी चलाउदा पनि दुर्घटना बढ्दै गएपनि प्रहरीको चेकजाँचमा भने कमि आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस