२०८३ श्रावण २४, आईतबार
नयाँ
पछिला अपडेट

विनोद चौधरीले ५ सय रोपनी जमिनमा शुरु गरे अकबरे खुर्सानीको खेती

२०८० अषाढ २, शनिबार प्रकाशित ( साल अघि) १२०२४ पाठक संख्या

नवलपरासी । खर्बपति व्यवसायी एवं सांसद् विनोद चौधरीले अकबरे खुर्सानीको खेती शुरु गरेका छन् । चौधरीको सिजी एग्रोले पाल्पामा ५ सय रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको हो।

नुडल्स ९चाउचाउ० उत्पादनमा नेपालको सबैभन्दा ठूलो चौधरी ग्रुपले पिरो चाउचाउमा चाहिने खुर्सानी आफैं उत्पादन गर्न लागेको हो । पछिल्ला वर्षहरुमा पिरो चाउचाउको बजार ह्वात्तै बढेको छ । चौधरीको वाइवाइ नेपालमा मात्रै नभएर विश्वभर लोकप्रिय छ । चौधरी ग्रुपले पिरो चाउचाउ उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

युरिया मलको कारोबार गर्दै आएको सिजी एग्रोले अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको हो । मंगलबार मात्रै विनोद चौधरीले पाल्पामा रहेको उक्त अकबरे खुर्सानी खेतीको अबलोक गरेको तस्बीर आफ्नो आधिकारिक सामाजिक सञ्जालमातर्फत् सार्वजनिक गरेका छन्।

चौधरी ग्रुपले अब पिरो चाउचाउलाई विशेष प्राथमिकताका साथ उत्पादन गर्दैछ, त्यसलाई आवश्यक पर्ने खुर्सानी आफैंले उत्पादन गर्न लागेको हो,’ सिजी एग्रोका एक अधिकारीले क्लिकमान्डुसँग भने, ‘हामीलाई बढी भएको खुर्सानी बजारमा बिक्री गर्ने सोच पनि छ ।’

अहिले बजारमा पिरो तथा स्पाइसी चाउचाउमा करेन्ट, हटपट लगायत ब्राण्डमा उत्पादन भइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३१%२९%२६%१५%१३%२६%

प्रतिक्रिया दिनुहोस