२०८३ श्रावण २७, बुधबार
नयाँ
पछिला अपडेट

स्याङ्जा भएको दुर्घटनामा एकको मृत्यु

२०८० जेष्ठ २५, बिहिबार प्रकाशित ( साल अघि) ९४९ पाठक संख्या

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका – ३ खोलेमा भएको गाडी दुर्घटनाममा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। घाइते भएका तीन जना खतरामुक्त रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो। दुर्घटनामा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।

शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको गाडी सडकभन्दा करिब ५० मिटर तल खसेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस