२०८२ अषाढ ९, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा एक दम्पतीको हत्या

२०८० जेष्ठ २३, मंगलबार प्रकाशित ( साल अघि) ४४९८ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीमा एक दम्पतीको विभत्स हत्या भएको छ ।

उनीहरु सुत्ने गोठमै धारिलो हतियारको प्रयोग गरि उनीहरुको हत्या भएको प्रारम्भिक विवरण आएको प्रहरीले बताएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका– ८ बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालको भनाई छ । हत्यापछि उनीहरुको शव गोठ छेउमा फालिएको थियो ।

उनीहरु गाइवस्तुको रेखदेख गर्न रातिको समयमा गोठमा सुत्दै आएका थिए । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%५%१%२६%१३%

प्रतिक्रिया दिनुहोस