२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

चितवनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०८० जेष्ठ २२, सोमबार प्रकाशित ( महिना अघि) १५३१ पाठक संख्या

चितवन — मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा  परेर ज्यान गएको हो ।

सन्तोषले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर ५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो । भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार बिहान पौने तीन बजेतिर मृत्यु भएको डीएसपी पण्डितले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%६%१%

प्रतिक्रिया दिनुहोस