२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

बुटवल देखि बसन्तपुर सम्म केबलकारमा चढ्ने एकैदिन तीन हजार बढी

२०८० जेष्ठ २२, सोमबार प्रकाशित (0 महिना अघि) ४६० पाठक संख्या

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् ।

शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।

जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले बताए ।

लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएको र टप स्टेशन बसन्तपुर समुद्री सतहबाट ९४० मिटरको उचाइमा रहेकाले चर्को गर्मीमा पनि बसन्तपुरमा शितल हुने हुंदा प्रचण्ड गर्मी छल्न केबलकार चढ्नेको भीड लागेको साउदले बताए ।

बसन्तपुरमा कामाख्यादेवीको मन्दिर सहित सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले मन्दिरको दर्शनका लागि पनि भक्तजनहरु आउने गरेको ब्यासाचार्य किशोर गौतमको भनाई छ । केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ ।

बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिने र गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस