२०८१ बैशाख १९, बुधबार
नयाँ
पछिला अपडेट

बुटवलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८० जेष्ठ २१, आईतबार प्रकाशित ( महिना अघि) ५१६ पाठक संख्या

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका ४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस