२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

भारतमा भयानक रेल दुर्घटना, २३३ जनाको मृत्यु, ९ सय यात्रु घाइते

२०८० जेष्ठ २०, शनिबार प्रकाशित ( साल अघि) १२३५ पाठक संख्या

दिल्ली । भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै भयानक रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन्।

बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो।

अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट ट्रेन पनि त्यसमा ठोक्किएको थियो। दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन्। दुर्घटनामा झन्डै ९०० जना घाइते भएको उल्लेख गरेका छन्।

रेलमन्त्री अश्विनी वैष्णव आफै दुर्घटनास्थल गएका छन्। उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएकाहरूलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको बताएका छन्। यसबाहेक केही घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस