२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित (0 महिना अघि) ३१८१ पाठक संख्या

कावासोती । पूर्वीनवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । जेठ ८ गतेदेखि आन्दोलनरत संघले नगरपालिकाले आफ्ना माग बेवास्ता गरेको भन्दै नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको हो ।

माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क हुनु पर्ने मागसहित धर्ना र अनशनमा बस्दासमेत बेवास्ता गरिएको भन्दै विद्यार्थीले तालाबन्दी गरेको नेविसंघका पूर्वकेन्द्रीय सदस्य आरसी भट्टराईले बताए । नेविसंघ कावासोती नगर समिति सभापति कुमार क्षेत्री र प्रवक्ता पवन भुर्तेलले पनि तालाबन्दीबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

वार्तामार्फत उचित माग सम्बोधन गरिने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा जिल्लाको ८ वटै स्थानीय तहमा नेविसंघले विज्ञप्ति र ज्ञापनपत्र बुझाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%८%३%३%

प्रतिक्रिया दिनुहोस