२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मागसहित अनसन

२०८० जेष्ठ १८, बिहिबार प्रकाशित (0 महिना अघि) १०७६ पाठक संख्या

कावासोती । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित पूर्वी नवलपरासीको कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा बसेका छन्।

नेपाल विद्याार्थी संघ नवलपुर कावासोतीको अगुवाइमा विद्यार्थीहरु रिले अनसनमा बसेका हुन् । यसअघि नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने, नगरपालिका घेराउ गर्ने जस्ता कार्यक्रम गरेको नेविसंघले माग पूरा गर्न नगरपालिकाले चासो नदिएको भन्दै अनसन सुरु गरेको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।

Received_2115687418621035

स्थानीय निर्वाचनमा घोषणापत्रमा माध्यमिक तह निःशुल्क गर्ने भनेर मत मागेको र कार्यान्वयन नगरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आगामी वर्षको निती तथा कार्यक्रम र बजेटमा नगर भित्रका सरकारी तथा सामुदायिक विद्यालयमा माध्यमिक तह सम्म निःशुल्क शिक्षा हुनुपर्ने र कुनै पनि बहानामा शुल्क लिन नपाउने सुनिश्चितताको माग गर्दै अनसन बसेको नेविसंघ कावासोती नगर इकाइका सभापति कुमार क्षेत्रीले बताए।

जिल्लाको आठवटै स्थानीय तहमा नेविसंघले खबरदारी गर्ने र माध्यमिक तहको शिक्षा निःशुल्क गराउन थप आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस