२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गर्मीले विद्यालयहरु बन्द

२०८० जेष्ठ १८, बिहिबार प्रकाशित (0 महिना अघि) ६२५ पाठक संख्या

कावासोती । अत्यधिक गर्मी बढेका कारण पूर्वी नवलपरासीका चारवटा पालिकाले विद्यालय बिदा गरेका छन्।

कावासोती नगरपालिकाले बिहीबारदेखि ३ दिन बिदा दिएको छ । भने मध्यबिन्दु नगरपालिकाले जेठ १९ र २१ गते (२ दिन)  नगर भित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले बिहीबारदेखि ४ दिन बिदा दिएको घोषणा गरेका छन् । ती पालिकाका शिक्षा शाखा प्रमुखले एक सूचना निकालेर अत्यधिक गर्मीले जनजीवन गाह्रो भएकाले पालिकाभित्रका सबै शैक्षिक संस्था बिदा दिएको जानकारी गराएका छन् ।

गत तीन दिनयता यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको छ । कावासोती नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजन पाण्डे गर्मीले विद्यालयमा पठनपाठन कार्यमा समस्या भएकाले सबै विद्यालय तीन दिन बिदा दिइएको उल्लेख छ । हुप्सेकोट र विनयी त्रिवेणीका शाखा अधिकृतले त्यस्तै सूचना जारी गरेर ४ दिन बिदा दिएको उल्लेख गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%२%

प्रतिक्रिया दिनुहोस