२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना हुँदा ९ यात्रु घाइते

२०८० जेष्ठ १७, बुधबार प्रकाशित ( महिना अघि) ४५६२ पाठक संख्या

कावासोती–  नवलपुरको पहाडी सडकमा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।

पाल्पाबाट गैंडाकोटतर्फ आउँदै गरेको बस मंगलबार साँझ पल्टिँदा यात्रुहरू घाइते भएका हुन् ।

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले टेलिफोनमा दिएको जानकारी अनुसार उकालो चढ्न नसकेर बस ब्याक भएर पल्टिएको थियो ।

केही घाइतेको टाउकोमा चोट लागेको अधिकारीले जानकारी दिए । दुर्घटनापछि एम्बुलेन्ससहित सुरक्षाकर्मीको टोली घटनास्थलबाट उद्धार गरेको थियो  ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले दुर्घटनामा ९ जना घाइते भएको र बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%२७%३%

प्रतिक्रिया दिनुहोस