२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

पतवारीमा मध्यविन्दु र देवचुली विच मैत्रीपुर्ण भलिवल प्रतियोगिता सम्पन्न

२०८० जेष्ठ १६, मंगलबार प्रकाशित (0 महिना अघि) ९२५ पाठक संख्या

कोल्हुवा ।  १६औं गणतन्त्र दिवसको अवसरमा मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबार मध्यविन्दु – १ स्थित पतवारीमा मैत्रिपूर्ण महिला भलिवल प्रतियोगिता सम्पन्न गरेको छ ।

भलिवल प्रतियोगितामा मध्यबिन्दु नगरपालिका र देवचुली नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो । उक्त भलिवल प्रतियोगिताबाट देवचुली नगरपालिका बिजय भएको छ ।

कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका प्रमुख अतिथि नगर प्रमुख भीमलाल अधिकारीले खेलमा हारजीत भएपनि खेलप्रतिको लगाव बढाउन आग्रह गर्नुभएको थियो । खेलकुदका नियम परिधी र सिद्धान्तले खेललाई तथा खेलाडिलाई अनुशासित बनाउँदछ, अनुशासित र मर्यादित रुपमा खेल प्रदर्शन गर्ने खेलाडिको व्यवहारले समाजलाई सकारात्मक बाटो दिने नगर प्रमुख अधिकारीले बताउनुभयो ।

IMG 20230529 WA0035

प्रतियोगितमा बिजेता हुने टिमका खेलडीहरूलाई नगर प्रमुख अधिकारीले शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार वितरण तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष मेघराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले मैत्रिपूर्ण भलिबल प्रतियोगिताले महिलहरुमा आत्मियता सँगै खेलक्षेत्रमा प्रोत्साहन हुने बताउनुभयो ।

IMG 20230529 WA0020

कार्यक्रममा उपमेयर पुर्णकला चौधरी, प्रगतिनगर खानेपानीका अध्यक्ष खिमान्द  भुषाल , मध्यविन्दु १ का वडाअध्यक्ष तिलकराम न्यौपाने, २ का वडाअध्यक्ष रामभक्त  अधिकारी , ३ का मानबहादुर महतो, ४ का डिल्लीराम महतो , देवचुली ९ का वडाअध्यक्ष बलिराम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरीले आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग बिना अघि बढ्न नसक्ने बताउदै उपस्थित खेलाडी तथा शुभचिन्तक सबैमा हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

1685384114892

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस