२०८२ चैत्र १५, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणी नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

२०८० जेष्ठ १६, मंगलबार प्रकाशित ( साल अघि) २६९८ पाठक संख्या

कावासोती । नवलपुरमा नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

नारायणी नदीमा पौडी खेल्ने क्रममा देवचुली नगरपालिका–१ केउरेनीका १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउँसो बेपत्ता भएका हुन्।

पौडी खेल्ने क्रममा बेपत्ता भएका ढकालको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रजहरका प्रहरी वरिष्ठ नायब निरीक्षक शेर बहादुर थापाको कमान्डमा पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%२%२%२१%४%

प्रतिक्रिया दिनुहोस