२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा गरिब तथा विपन्न घरपरिवारलाई कुखुरा खोर वितरण

२०८० जेष्ठ १४, आईतबार प्रकाशित (0 महिना अघि) २१०१ पाठक संख्या

कोल्हुवा ।  नवलपरासी पूर्व स्थित मध्यविन्दु नगरपालिकामा गरिब तथा विपन्न घर परिवारलाई कुखुरा खोर वितरण कार्यक्रम गरिएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं; १ स्थित नवज्योति कृषक समूहका विपन्न २० घर परिवारलाई खोर वितरण गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो।

करिब ४ लाखको लागतमा निर्माण गरिएको खोरले विपन्न परिवारलाई आर्थिक टेवा पुग्ने समेत उहाँले बताउनुभयो । गण्डकी प्रदेश कृषि ज्ञान केन्द्र तनहुको पोषण कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारलाई खोर वितरण गरिएको हो  ।

FB_IMG_1685269310545

त्यस्तै नवज्योति कृषक समूहका अध्यक्ष रमेश भट्टराईले सहयोगको लागि आभार प्रकट गर्दै ग्रामिण भेगमा बसोबास गर्ने नागरिकको पोषण स्तर माथि उठाउने उद्देश्यले गरिएको काम प्रभावकारी हुने बताउनुभयो ।

मध्यविन्दु नगरपालिका वडा नं; १ का वडा अध्यक्ष तिलकराम न्यौपानेको सक्रियतामा भएको वितरण कार्यक्रममा स्थानीय समूहका सदस्यहरुले आफूहरु खोर पाएमाको खुसि व्यक्त गर्दै सहि सदुपयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनीहरुले भने “पहिला बजारतिर रोजगारका लागि जानुपर्ने बाध्यता थियो, अब भने घरको काम सँगै कुखुरा पालन गरि आत्मनिर्भर हुनेमा विश्वास व्यक्त गरे ।”

FB_IMG_1685269320891

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%२%

प्रतिक्रिया दिनुहोस