२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

२०८० जेष्ठ १२, शुक्रबार प्रकाशित (0 महिना अघि) ७७८ पाठक संख्या

गैँडाकोट, १२ जेठ । नवलपुरको गैंडाकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखा, रोटरी क्लव अफ गैंडाकोट, महिला सञ्जाल वडा नम्बर २ र नमुना आवासीय मावि गैंडाकोटको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

Received_1273862366895269

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले घाइतेहरुको जीवन बचाउने पूण्य कर्ममा लाग्न सबैलाई आह्वान गरे ।

नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका सभापति उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष यदुनाथ घिमिरेले गरेका थिए ।

Received_5903741886399201

कार्यक्रममा नमुना आमाविका प्राचार्य गोपेन्द्रकेशरी न्यौपाने, महिला सञ्जाल गैंडाकोट २ कि अध्यक्ष पार्वती लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ५२ पटक रक्तदान गर्ने गैंडाकोट ८ का चन्द्रमणि पौडेललाई व्लड ब्याग दिएर कार्यक्रमको शुभारम्भ गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखाका सचिव विष्णुप्रसाद सापकोटाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस