२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८० जेष्ठ ११, बिहिबार प्रकाशित (0 महिना अघि) २६९८ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीको पूर्व- पश्चिम राजमार्ग अन्तर्गत बुटवल- बर्दघाट खण्डको सुनवलमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

सुनवल नगरपालिका-१ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जान हिंडेका सयौं यात्रु अलपत्र परेका छन्।

बुटवल- नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी भोजराज पाण्डेले बताए ।

वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र मर्मतको काम हुने बताइएको छ ।

डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%२%१%१%

प्रतिक्रिया दिनुहोस