२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाको आक्रमणबाट देवचुलीमा एक जना घाइते

२०८० जेष्ठ ११, बिहिबार प्रकाशित (0 महिना अघि) ५१० पाठक संख्या

कावासोती  । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् ।

महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैंडाले आक्रमण गरेको हो । वन क्षेत्रमा बाख्रा चराउन गएका क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो ।

घाइते क्षेत्रीको खुट्टा र शरीरमा चोट रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

उनको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भएको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस