२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा सीपमूलक तालिम सम्पन्न

२०८० जेष्ठ ११, बिहिबार प्रकाशित (0 महिना अघि) ७३६ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका वडा नम्बर २ कोल्हुवामा ३ दिने सर्फ तथा फिनेल बनाउने तालिम सम्पन्न भएको छ । मध्यबिन्दु नगरपालिकाको सहयोगमा महिलाहरुका लागि सञ्चालन गरिएको तीन दिने तालिम बुधबार सम्पन्न भएको हो।

महिलालाई स्वरोजगार बनाउने उदेश्यले तालिम प्रदान गरिएको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

FB_IMG_1684984584791

त्यस्तै कार्यक्रममा सोही दिन नगरप्रमुख भिमलाल अधिकारी र नगर उपप्रमुख पुर्णकला चौधरीबाट अनुगमन समेत रहेको थियो । सोहीक्रममा महिलाहरुलाई आत्म बलका साथ केही गर्न सक्छौँ भन्ने उदेश्यका साथ अघि बढ्न आग्रह गर्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले आवश्यक साथ सहयोग गर्ने बताउनुभयो । साथै उहाँले बजारीकरणको लागी नगरपालिकाले व्यवस्था मिलाइदिने र तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गरि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।

FB_IMG_1684988506207

कार्यक्रममा नगरपालिकाको उपप्रमुख पुर्णकला चौधरीले महिला दिदिबहिनीहरुलाई तालिम लिएर मात्रै नहुने बताउदै सानो लगानी गरेर भएपनी उद्यमी बन्न सबै सहभागीलाई आग्रह गर्नुभएको थियो । यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

FB_IMG_1684984599269

त्यस्तै वडा नम्बर ४ का वडाअध्यक्ष डिल्लीराम महतोले उक्त कार्यक्रमले यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मध्यविन्दु नगरपालिकाको वाड नम्बर २ र ४ को आयोजना तथा महिला तथा बालबालिका शाखाको सहयोगमा सम्पन्न उक्त तालिममा ३६ जना महिला सहभागि रहेका थिए ।

FB_IMG_1684988466342

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस