२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

आज कावासोती र मध्यविन्दुमा दिनभरी बिजुली नआउने

२०८० जेष्ठ १०, बुधबार प्रकाशित (0 महिना अघि) १०१० पाठक संख्या

कावासोती । कावासोती र मध्यबिन्दुमा आज दिनभरि बिजुली बत्ती नआउने भएको छ ।

आज बुधबार विहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म नारायणगढ बुटवल सडक योजना ( पूर्वी खण्ड) ले पोल गाड्ने तथा तार तान्ने कार्य गर्नुपर्ने भएकाले कोल्हुवा फिडरबाट प्रसारण हुनेलाईन सो समय अवधिभर अबरुद्ध रहने कावासोती वितरण केन्द्रले सूचना जारी गरी जनाएको छ ।

कावासोती नगरपालिका अन्तर्गत वडा नं: ३, ८, ९, १४, १५, १६, १७ तथा मध्यबिन्दु नगरपालिका अन्तर्गत वडा नं: १, २, ३ र ४ मा पर्ने विभिन्न स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

1684873973867

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस