२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

२०८० जेष्ठ ७, आईतबार प्रकाशित ( महिना अघि) ५७३ पाठक संख्या

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुर– ११ का स्कुटरचालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। स्कुटर पछाडि सवार भरतपुर– ११ कै २० वर्षीय विशान्त ढकालको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिन्डर लोड गरिएको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ट्रकचालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१४%१%

प्रतिक्रिया दिनुहोस