२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीद्धारा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव शर्मालाई सम्मान

२०८० जेष्ठ ७, आईतबार प्रकाशित ( महिना अघि) ५५० पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीले मध्यविन्दु २ का पुर्व खानेपानी अध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई बिदाई तथा सम्मान गरेको छ ।

शर्मालाई आज एक कार्यक्रमकाबीच खानेपानी संस्थाको अध्यक्ष पदबाट बिदाई गरेको हो भने गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा सम्मान गरिएको हो ।

जिल्ला प्रशासन कार्यलय नवलपुर पुर्वका प्रमुख कृष्णप्रसाद लम्सालको प्रमुख अथित्यता र कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कार्यवहाक अध्यक्षय सुभाष नेपालको अध्यक्षतामा कार्यक्रमा सम्पन्न भएको थियोे ।

IMG 20230520 WA0070

कार्यक्रममा खेलकुद क्षेत्रमा प्रदेश संगै आफ्नो जिल्लाको खेलकुद विकासमा ईट्टा थप्ने काम गरे यो सम्मानले सारर्थक्ता पाउने भन्दै राम्रो काम संगै देखिने उदारणयीय काम गर्न प्रमुख अतिथी लम्सालले आग्रह गर्नुभयो ।

यसैगरी सो अवसरमा खानेपानीका पुरानो समितिमा सचिब रहनुभएका रामभक्त अधिकारीलाई पनि सम्मान गरिएको थियोे । २०७९ मा सम्पन्न स्थानीय चुनावमा मध्यविन्दु नगरपालीक वडा नम्वर २ का वडा अध्यक्षय पदमा निर्वाचित हुनुभएको उहाँलाई सम्मान गरिएको हो ।

IMG 20230520 WA0074

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा सदस्य सचिव शर्माले खेलकुदतर्फ आक्रसित हुने निति तथा योजनालाई व्यवहारिक गराउदै प्रदेश स्तरबाटनै खेल क्षेत्रको विकास गरेर कोल्हुवाको नाम रहने तरीकाले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । खानेपानी संस्थाबाट राजिनामा दिए पनि आवश्यक सरसल्लाह सदैब रहिरहने उहाँको भनाई छ ।

पुर्व अध्यक्ष समेत रहनुभएका श्रीधर शर्मा २०८० साल वैशाख २१ गते गण्डकी प्रदेश खेलकुद समितीमा नियुक्त हुनु भएको हो । उहाँले २२ गते कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्षय पदबाट राजिनामा दिनुभएको थियो ।

IMG 20230520 WA0046

त्यस पछि सस्थाका उपाध्यक्षय सुभाष नेपाललाई कार्यवाहक अध्यक्षयको रुपमा राखेर काम गरीरहेको खानेपानी संस्थाले जनाएको छ । आज कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा यस संस्थाका अभियन्ताद्वय शर्मा र अधिकारी दुवैलाई बधाई तथा सम्मान कार्यक्रम गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस