२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा असल छिमेकी नेपालद्वारा राहत सामग्री वितरण

२०८० जेष्ठ ६, शनिबार प्रकाशित ( महिना अघि) ११९५ पाठक संख्या

कोल्हुवा । असल छिमेक नेपाल संस्थाद्वारा मध्यविन्दु वडा नम्बर  २ र ३ का ४५ जना विपन्न परिवारलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ।

बाढी प्रभावित क्षेत्रका फरक क्षमता भएका र अतिविपन्न परिवारलाई लक्षित गरी वडा कार्यालयको समन्वयमा राहत सामग्री वितरण गरिएको संस्थाको एरिया ईन्चार्ज तथा कार्यक्रम अधिकृत पुरन सोती मगरले बताउनुभयो ।

1684569284778

असल छिमेक नेपालले प्रतिपरिवार २५ केजी चामल, ५ केजी गहुँको पिठो, २ केजी मसुरो दाल, १ केजी नुन, १ केजी चिउरा , २ लिटर तेल र  ३ पिस सर्फ वितरण गरिएको मध्यबिन्दु वाड नम्बर २ का वडाअध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

IMG 20230520 WA0010

त्यस्तै मध्यबिन्दु ३ का वडाअध्यक्ष मानबहादुर महतले असल छिमेकी नेपालले आफ्नो वडामा अतिविपन्न परिवारलाई खाद्य र अखाद्य सामग्री प्रदान गरी ठूलो गुन लगाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

असल छिमेकी नेपालले जिल्लामा डिजास्टरको क्षेत्र काम गरिरहेको छ भने विगतका बर्षदेखि नै मध्यबिन्दु नगरपालिकामा सामुदायिक शसक्तिकरण , जिविको पार्जन र स्वास्थय क्षेत्रमा काम गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१%

प्रतिक्रिया दिनुहोस