२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

खेलकुदका सदस्यसचिव श्रीधर शर्मालाई मध्यविन्दुमा स्वागत तथा सम्मान

२०८० जेष्ठ ६, शनिबार प्रकाशित ( महिना अघि) ६०० पाठक संख्या

चोरमारा । गण्डकी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव श्रीधर शर्मालाई मध्यबिन्दुमा स्वगत तथा सम्मान गरिएको छ । शर्मालाई शुक्रबार मध्यबिन्दु नगरपालिकाको कार्यलयमा स्वागत तथा सम्मान गरिएको हो ।

मध्यबिन्दु नगरपालिका तथा मध्यबिन्दु खेलकुद बिकास समिति  लगायत खेलसंग सम्बन्धित सस्थाले सयुक्त रुपमा सम्मान गरेका हुन । शर्मा नवपुरको मध्यबिन्दु नगरपालिका वडा न: २ निवासि हुनुहुन्छ । कानुन व्यवसायिसमेत रहनुभएका शर्मा भलिबल सघंका केन्द्रिय सचिव समेत हुनुहुन्छ । भने अहिले उहाँ गण्डकि प्रदेशको प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त हुनुभएको छ ।

FB_IMG_1684535732667

सम्मान कार्यक्रममा बोल्दे सदस्य सचिव श्रिधर शर्माले मध्यविन्दु नगरपालिका भित्र रहेका खेलकुद मैदान लगायत उत्साहि खेलाडिका कारण खेलको प्रचुर सम्भावना रहेको बताउनुभयो । साथै उहाँले मध्यबिन्दु नगरपालिकाको खेल बिकासका लागि आवश्यक भौतिक पुर्वाधार र नियमित प्रशिक्षणको लागि सहयोग गर्ने बताउनुभयो ।

FB_IMG_1684535701013

कार्यक्रममा मध्यबिन्दु नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष मेघराज पाण्डेको अध्यक्ष्तामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिका शिक्षा खेलकुद तथा युवा शाखाका अधिकृत कुष्ण प्रसाद रेग्मि ,जिल्ला खेलकुद नवलपुरका अध्यक्ष सेत बहादुर पुन, लगायत बिभिन्न व्यक्तिहरुको उपस्थिति रहको थियो । उक्त कार्यक्रमको संचालन भने हिमाल सिग ठकुरिले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस