चितवन । जिल्लाको खैरहनीमा आफैले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित कयर खोलामा ग्रावेल लोड गरेको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको हो ।
ना ६ त १०७९ नम्बरको ट्याक्टरमा चेपिएर ट्याक्टर चालक खैरहनी २ निवासी २० वर्षिय दिपक परियारको मृत्यु भएको छ । गम्भिर घाइते भएका परियारलाई उपचारको लागि चितवन मेडिकल कलेज पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गाव्रेल लोड गरेर खोलाबाट निस्कने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिएर चालक ढाला र ट्याक्टरको इन्जिनको भागको बिचमा चेपिएको प्रहरीले जनाएको छ ।