२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

कुढौली खानेपानीको अध्यक्षमा दवाडी विजयी

२०८० बैशाख ३१, आईतबार प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

कावासोती । कुढौली खानेपानी तथा सरसफाई तथा उपभोक्ता संस्थाको अध्यक्षमा लेखनाथ दवाडी विजयी भएका छन ।

संस्थाको कार्य समिति तथा लेखा समिति चयनका लागी शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का प्रत्यासी विकासकुमार केसीलाई ८ मतको अन्तरले पराजीत गर्दै दवाडी अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको मत २७४ मा दवाडीले १३० मत पाउदाँ केसीले १२२ मत पाएका थिए ।

यसै गरि संस्थाको उपाध्यक्षमा हस्तबहादुर थनेत निर्विरोध चयन भएका हुन । उपाध्यक्ष पदमा थनेतको मात्रै एकल उम्मेदवारी परेको थियो ।

यसै गरि सचिवमा शिवकुमार महतो १४५ मत सहित निर्वाचित भएका छन । महतोले १४५ मत पाउदाँ सचिव पदका अर्का प्रत्यासी पिताम्बर तिवारीले ११४ मत पाएका हुन । त्यसै गरि सदस्यहरुमा देवनचन्द ठकुरी, गंगा देवी क्षेत्री, पदमबहादुर थापा, धनबहादुर थापा, शिखाराम गुरौ र बलबहादुर थनेत निर्वाचित भएका छन भने महिला सदस्यमा गंगा क्षेत्री सरिता र मिनाकुमारी थनेत सर्वसम्मत चयन भएका हुन ।

त्यसै गरि लेखा समिति संयोजकमा लिलाम्बर काफ्ले, लेखा सदस्यमा माधव सुवेदी र शान्ति आले सर्वसम्मत चयन भएका हुन । २०७३ सालमा स्थापना भएको संस्था अहिले सम्म तर्दथ समितिको भरमा सन्चालन हुदै आएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस