२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा शर्मा नियुक्त

२०८० बैशाख २९, शुक्रबार प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

नवलपुर । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेकोमा शर्मालाई नियुक्त गरिएको हो ।

शर्मा पूर्व नवलपरासी नवलपुरका हुन् । उनी भलिबल संघका केन्द्रिय सचिव समेत हुन् । यस अघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तिन जनाको नाम सदस्य सचिवका लागि सिफारिस गरेको थियो । शर्मा पेशाले वकिल समेत हुन्  ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस