२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भीरबाट खसेर एक जनाको मृत्यु

२०८० बैशाख २५, सोमबार प्रकाशित ( महिना अघि) ५५४५ पाठक संख्या

कावासोती । नवलपुरको दुर्गम बुलिंटारका एक किसानको भीरबाट खसेर मृत्यु भएको छ । स्थानीय बासिन्दा टोल रानामगरका अनुसार बुलिंटार गाउँपालिका(२ का ६६ वर्षीय चन्द्रबहादुर राम्जालीमगरको आइतबार बिहान मृत्यु भएको हो

राम्जालीमगर बुलिंटारकै रामकोटबाट टेडेबोझातर्फ अदुवा बोकेर जाँदै गर्दा चिप्लेर भीरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । उनी करिब ४ सय मिटर तल खसेका थिए ।

पूर्वी नवलपरासीको पहाडी भेग अदुवा उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित अदुवा भारतीय व्यापारीले लैजाने गर्छन् । अदुवा पोलेर सुठो बनाएर बेच्ने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%५%१%६४%२%

प्रतिक्रिया दिनुहोस