२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

२०८० बैशाख २३, शनिबार प्रकाशित ( साल अघि) ३८० पाठक संख्या

कावासोती । संकटापन्न जीव गोही संरक्षणमा सचेतना जगाउने उद्देश्यले पूर्वी नवलपरासीमा घडियाल उत्सव सुरु भएको छ ।

घडियाल उत्सवको संघीय सांसद डा.शशाङ्क कोइरालाले शुक्रवार दीप बालेर उद्घाटन गर्नुभयो । नारायणी लगायतका देशका ठूला नदीनालामा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कट पर्दै गए पछि यसको संरक्षणमा चासो बढ्दै गएको छ ।

स्थानीय हेप्पी एफएमले २०७५ सालमा पहिलो पटक घडियाल उत्सवको आयोजना गरेको थियो । यस पटक संरक्षण विद,जन प्रतिनिधि ,सरोकार पक्ष तथा साहित्यको उपस्थितमा दुई दिने दोस्रो घडियाल काव्य उत्सवको आयोजना गरिएको प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।

कार्यक्रम  पिप्रहर सामुदायिक होम स्टेमा पहिलो दिन चरा,घडियाल लगायत नदीमा आश्रित जीव जनावरको संरक्षणमा देखिएका चुनौती र संरक्षणका उपायका विषयमा छलफल गरिएको थियो ।

दोस्रो दिन आज शनिवार विभिन्न कवि कवयत्रीहरूबाट घडियाल काव्य उत्सवमा संरक्षण मुखी कविता वाचन हुने पत्रकार एवं साहित्यकार आदर्श सुशीलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस