२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर अदालतले गर्यो बालिका बलात्कार कसुरमा ११ वर्ष कैद फैसला

२०८० बैशाख २३, शनिबार प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या

मध्यविन्दु । नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए ।

“न्यायाधीश उमेशप्रसाद लुइँटेलकोे इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार क्षतिपूर्तिको फैसला भएको छ”, उनले भने ।

पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा उजुरी दर्ता भएको थियो ।

उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस