२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोरियाको विश्वविद्यालय सँग गोल्डेन इमिनेन्टको नेपाली विद्यार्थी पठाउने सम्झौतामा हस्ताक्षर

२०८० बैशाख २१, बिहिबार प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

चितवन – गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीका लागि गोल्डेन अफर ल्याएको छ । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्टले विद्यार्थीका लागि शतप्रतिशत छात्रवृत्तिसहित गोल्डेन अफर ल्याएको हो ।

नेपालबाट दक्षिण कोरियाको किङसुङ विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई गोल्डेन इमिनेन्टले शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चितवनको गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सी र विश्वविद्यालयसँग भएको सम्झौता अनुसार दुई वटा कोर्षमा दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति पाउने भएका हुन् ।

साथै, यो विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई न्युनतम ३० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था मिलाएको गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले बताए । ‘हामीले दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालयसँग नेपालबाट विद्यार्थी पठाउनका लागि सम्झौता गरेका छौं ।’, मोटिभेट न्यूजसँगको भेटमा रिजालले भने, ‘उक्त सम्झौता अनुसार सेक्टेम्बर इन्टेकका लागि ग्लोबल हस्पिटालिटी म्यानेजमेन्ट र ग्लोबल विजनेश म्यानेजमेन्ट अध्ययन गर्ने एक एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रावृत्तिको व्यवस्था गरिएको छ ।’

यो विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले न्युनतम ३० प्रतिशत अनिवार्य छात्रवृत्ति पाउने व्यवस्था मिलाइएको रिजालको भनाई छ । आईईएलटिएसमा राम्रो स्कोर भएका र एकेडेमिक डकुमेन्ट राम्रो भएका विद्यार्थीको छात्रवृत्ति बढ्दै जाने बताइएको छ ।

यो विश्वविद्यालयमा जम्मा २५ सय अमेरिकी डलरमा बढाई हुन्छ । यसमा पनि ३० प्रतिशत छात्रवृत्ति रहेकाले विद्यार्थीलाई बस्न र खान सजिलो हुने रिजालको भनाई छ । यी दुई वटा कोर्ष अध्ययनका लागि आईएलटिएसमा ५.५ तथा कक्षामा २.५ जिपिए ल्याएको हुनुपर्ने उनको भनाई छ । गोल्डेन इमिनेन्ट विश्वविद्यालयको एक मात्र प्रतिनिधि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस