२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

घडियाल काव्य उत्सव: देवचुलीमा २ दर्जन बढी साहित्यकारहरूको जमघट हुने

२०८० बैशाख २१, बिहिबार प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

देबचुली । नवलपुरको देवचुलीमा मध्य नेपालका २ दर्जन बढी साहित्यकारहरूका जमघट हुने भएको छ।

नवलपुरको देवचुली १३ मा रहेको १०३.८ ह्याप्पी एफ एम को आयोजनामा हुन लागेको घडियाल काव्य उत्सवको दोस्रो संस्करणमा उक्त साहित्यकारहरु आउने भएका हुन्।

आगामी बैशाख २२ र २३ गते हुने कार्यक्रममा सहभागी साहित्यकारहरुले गजल , कविता तथा मुक्तकहरू वाचन गर्ने कार्यक्रम रहेको १०३.८ ह्याप्पी एफ एमका स्टेसन म्यानेजर आदर्श शुसिलले बताउनुभएको छ।

शुसिलका अनुसार कार्यक्रममा गोविन्दराज विनोदी , दीपक सोती , कृष्णदेवी शर्मा , करुणा लम्साल सँगै अग्रज तथा युवा साहित्यकारहरुको बेजोड वाचन श्रवण गर्न पाइनेछ।

एफ एमले यस अघि नै २०७५ मा घडियाल काव्य उत्सवको प्रथम संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस