२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नेपाल अपाङ्ग महिला संघद्वारा निस्शुल्क हेल्पलाइन सेवा सन्चालनमा

२०८० बैशाख १८, सोमबार प्रकाशित ( साल अघि) ४९८ पाठक संख्या

काठमाडौ । नेपाल अपाङ्ग महिला संघले हिंसा प्रभावित महिला बालिकाको न्यायमा पहुँच र पुनःस्थापना गर्ने उद्देश्यले आइतबारदेखि २४ घन्टे नि शुल्क हेल्प लाइन सन्चालनमा ल्याएको छ । हेल्पलाइन शुभारम्भ गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टप बहादुर मगरले , हेल्पलाइन सन्चालनमा आएपछि समाजमा अपांगता भएका महिला र बालिकाहरुको अवस्था कस्तो छ थाहा हुने र यसले हिंसा प्रभावितहरुको न्यायमा पहुँच बढाउन सहयोग पुराउने बताउनु भयो ।

 

Received_1276835783239470

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सचीव मुरारी खरेलले, हेल्प लाइन सन्चालनको शुभ कामना दिदै यसमा आएका घटनाहरुको आकडा उपर राष्ट्रिय मानव अधिकार आयोग समक्ष समन्वय गर्न आग्रहू गर्नु भयो ।
हेल्प लाइन शुभरम्भ कार्यक्रमको बिस्तृत सेवा बारे नेपाल अपाङ्ग महिला संघकि अध्यक्ष टीका दाहालले प्रस्तुत गर्नु भएको थियो ।

Received_185682041064229

अध्यक्ष दाहालले, हेल्प लाइन सन्चाल्नमा छुट्टै कर्मचारी खटाइ २४ घण्टा सेवा उपलब्ध गराउने बताउनु भयो । साथै दाहालले घटनाको गम्भीरता हेरेर तत्काल सम्बोधन गर्दै कानुनि तथा मनोबिमर्श सेवा प्रदान गरिने जानकारी दिनु भयो यसबाहेक प्रभावितलाई सिधै कल गर्न समस्या भएमा सस्थाको वेबसाईट , सामाजिक संजाल र फेसबुक पेजको कमेन्ट वक्समा सन्देश छोडन सकिने र यो सबै गोप्य रहने जानकारी दिनु भयो ।
कार्यक्रममा जुरि नेपाल, नेपाल एकता समाज, ओरेक नेपाल, साथी सस्था लगायत सामाजिक सस्थाहरुको उपस्थित रहेको थियो ।
निस् शुल्क हेल्प लाइन सेवाको नम्बर ९८०१५७१२२५ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस