२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटको झरना खोला क्षेत्रमा वृक्षारोपण

२०८० बैशाख १७, आईतबार प्रकाशित ( साल अघि) ६३१ पाठक संख्या

कावासोती । नवलपुरमा एकै दिन तिन सय फूलका विरुवा रोपिएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका स्थित झरना खोलामा उक्त संख्यामा फूलका विरुवा रोपिएको हो ।

पछिल्लो समय झरना खोला गाउँमा पर्यटकीय स्थलमा रुपमा चिनिदै गएको प्राकृतिक झरना वरिपरिका संरचनाका स्थलमा विभिन्न जातका पाँच हजार फूलका विरुवा रोपिएको झरना खोला संरक्षण समितिका अध्यक्ष सागर गाहाले बतााउनु भयो । उहाँका अनुसार कावासोती नगरपालिका २ निवासी ईश्वर सापकोटाको सहयोगमा करिब पाँच हजार बराबरका फूलका विरुवा रोपिएको छ ।

उक्त स्थानलाई सुन्दर र हराभरा बनाउनका लागि विभिन्न जातका फूलका विरुवा रोपिएको जनाइएको छ । वृक्षरोपणका लागि स्थानिय ७० जनाले श्रमदान गरेका थिए । पछिल्लो समय प्राकृतिक झरनामा दैनिक ५० जनाको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ ।

मगर समुदायको वाहुल्यता रहेको त्यस स्थानमा प्राकृतिक झरना खोलाले आर्थिक तथा सामाजिक पक्षलाई सकारात्मक प्रभाव पारिरहेको स्थानियहरुले बताएका छन् । त्यहाँ मगर समुदायको मौलिक खाना , नाच संस्कार संस्कृतिक लगायतका पक्षहरु संरक्षण हुनुका साथै जनचेतना समेत बढेको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस